Rule 146
विद्यालयले लिन पाउने शुल्क तथा धरौटी
(१) नियम १४७ को अधीनमा रही विद्यालयले विद्यार्थीस“ग देहाय बमोजिम शुल्क र धरौटी लिन पाउनेछः–
(क) मासिक पढाई शुल्क,
(ख) कूल दुई महिनाको पढाई शुल्क बराबरको रकममा नबढ्ने गरी खेलकूद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, मर्मत सम्भार, पुस्तकालय र प्राथमिक उपचार बापतको वार्षिक शुल्क,
(ख१)विद्यालयमा पहिलो पटक भर्ना हु“दा एक पटकको लागि भर्ना हुने कक्षाको मासिक पढाई शुल्कमा नबढ्ने गरी भर्ना शुल्क
(ग) विविध शुल्कहरु –
(१) परीक्षा शुल्क,
(२) कम्प्यूटर शुल्क,
(३) स्थानान्तरण प्रमाणपत्र शुल्क,
(४) विशेष प्रशिक्षण (जुडो, मार्शल आर्टस्, पौडी, गायन, नृत्य) शुल्क,
(५) आवास शुल्क,
(६) परिवहन शुल्क,
(७) भोजन शुल्क ।
(२) उपनियम (१) को खण्ड (क), (ख), (ख१) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामुदायिक विद्यालयको प्राथमिक र निम्न माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयको माध्यामिक तहमा अध्ययन गर्ने नियम १५२ बमोजिमका विद्यार्थीस“ग त्यस्तो शुल्क लिन पाइने छैन ।
(३) संस्थागत विद्यँलयले एक महिनाको पढाइ शुल्क बराबर धरौटी रकम लिन पाउनेछ र त्यस्तो रकम विद्यार्थीले विद्यालय छाडेमा तुरुन्तै फिर्ता गर्नु पर्नेछ ।
(४) विद्यालयले एक शैक्षिक सत्रमा बाह्र महिनाभन्दा बढी कुनै शुल्क उठाउन पाउने छैन ।
(५) विद्यालयले उपनियम (१) बमोजिमको शुल्क त्यस्तो सुविधा उपयोग गर्ने विद्यार्थीसँग सो सुविधा उपभोग गरेको अवस्थामा मात्र लिन पाउनेछ ।